टोकियो ओलम्पिकः फ्रान्सको जितमा गिगनाकको ह्याट्रिक एजेन्सी। आन्द्रे–पिइरे गिगनाकको ह्याट्रिक गरेको खेलमा फ्रान्सले टोकियो ओलम्पिकको पुरुष फुटबलमा दक्षिण अफ्रिकालाई ४–३ ले हराएको छ। गिगनाकले ५७, ७८ र ८६ मिनेटमा गोल गरे। फ्रान्सका टेजी सभनियरले इन्जुरी समयमा गोल गरे। दक्षिण अफ्रिकाको काबामेलो कोडिसाङले५३, इभिडेन्स मागगोपाले७२ र टेबोहो मोकोइनाले८१ मिनेटमा गोल गरेका थिए। फ्रान्स पहिलो खेलमा मेक्सिकोसँग४–१ ले हारेको थियो। समूह‘ए’मा दक्षिण अफ्रिका अंकबिहीन छ।
प्रतिक्रिया दिनुहोस्