षड्यन्त्रपूर्वक निराधार आरोप लगाइयो— नेम्वाङ
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आफूमाथि निराधार आरोप लगाइएको बताएका छन्। उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले षड्यन्त्रपूर्वक ढंगले विज्ञप्ती निकालेको बताए। नेम्वाङले भने, ‘‘म आश्चर्यचकित छु। मलाई दोषी पाइए राजिनामा दिन तयार छु। नभए दोषीमाथि कारबाही गर्नुपर्छ। यो आरोप निराधार छ र षड्यन्त्रपूर्वक ढंगले आएको छ। एन्फाले उच्चस्तरीय समिति बनाएर यसको छानविन गर्नुपर्छ।’’
प्रतिक्रिया दिनुहोस्
