टोकियो ओलम्पिकः डाइभिङमा चीनको दबदबा कायमै
एजेन्सी। टोकियो ओलम्पिकको डाइभिङमा पहिलो स्वर्ण पदक चीनले जितेको छ। शी तिङमाओ र वाङ हानले महिला ३ मिटर सिङक्रोनाइज्ड स्प्रिङबोर्ड प्रतिस्पर्धामा ३२६.४० अंक जोड्दै स्वर्ण पदक जितेका हुन्। ३००.७८ अंक जोड्दै क्यानडाका जेनिफर अबेल र मेलिसा सिट्रिनी–बलेउले रजत पदक जिते। २८४.९७ अंक जोडेका जर्मनीको लेना हेन्टसेल र टिना पुन्जेलले काश्य पदक जिते। २००४ यता चीनले डाइभिङमा हारेको छैन।
प्रतिक्रिया दिनुहोस्
