साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न औपचारिक प्रस्ताव पठाएको छ। कोभिड–१९ महामारीका कारण बंगलादेशले प्रतियोगिता आयोजनाबाट पछि हटेको थियो। नेपाललाई प्रस्ताव आए पनि आयोजकको अन्तिम निर्णय साफ कार्यसमिति बैठकले गर्नेछ। कोरोनाका कारण बंगलादेश पछि हटेपछि एन्फाले नेपालमा गर्न पहल गर्दै आएको थियो। नेपालले यसअघि १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्