टोकियो ओलम्पिकः अमेरिकाको पोल्टामा अर्को स्वर्ण एजेन्सी। अमेरिकाका विलियम्स शानरले टोकियो ओलम्पिकमा सुटिङको पुरुष १० मिटर एयर राइफलमा स्वर्ण पदक जितेका छन्। दोस्रो दिन अमेरिकाको यो दोस्रो स्वर्ण पदक हो। २० वर्षीय शानरको यो पहिलो ओलम्पिक हो। उनले ओलम्पिक कीर्तिमान २५१.६ अंक जोडेका थिए। चीनका १६ वर्षे शेङ लिहाओले रजत पदक जिते। उनले २५०.९ अंक जोडे। २२९.४ अंक जोडेका चीनकै याङ हाओरनले काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्