टोकियो ओलम्पिकः ओसाकाको विजयी सुरुआत
एजेन्सी। दुई महिनापछि खेलेकी जापानकी नाओमी ओसाकाले टोकियो ओलम्पिमका विजयी सुरुआत गरेकी छिन्। ओसाकाले चीनकी झेङ साईसाईलाई ६–१, ६–४ को सोझो सेटमा हराएकी हुन्। मानसिक स्वास्थ्यको कारण देखाउँदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएपछि ओसाकाको यो पहिलो खेल हो। उनले विम्बल्डन टेनिस पनि खेलिनन्। ओसाकाले शनिबार खेल्ने तालिका थियो। उद्घाटन सत्रमा ओलम्पिक टर्च बोक्नुपर्ने भएकाले आज सारिएको हो।
प्रतिक्रिया दिनुहोस्
