टोकियो ओलम्पिकः दुई स्वर्ण पदक विजेता मरेले नाम फिर्ता लिए एजेन्सी। दुई पटकका स्वर्ण पदक विजेता एन्डी मरेले टोकियो ओलम्पिकको टेनिस पुरुष एकल प्रतिस्पर्धाबाट नाम फिर्ता लिएका छन्। बेलायतका मरेले किन नाम फिर्ता लिए भन्ने खुलाइएको छैन। मरेको पहिलो खेल नवौं वरीयाताप्राप्त क्यानडाका फेलिक्स औगर–एलिसिमेविरुद्ध थियो। मरेले युगलतर्फ भने नाम फिर्ता लिएका छैनन्। मरेले लण्डन २०१२ र रियो २०१६ को ओलम्पिकमा पुरुष एकलमा स्वर्ण पदक जितेका थिए।
प्रतिक्रिया दिनुहोस्