टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्