टोकियो ओलम्पिकः ट्युनेसियालाई पौडीमा स्वर्ण
एजेन्सी। ट्युनेसियाका अहमद हाफनाओईले टोकियो ओलम्पिकमा पौडीको पुरुष ४ सय मिटर फ्रिस्टाइल स्वर्ण पदक जितेका छन्। आश्चर्यजनक नतिजा निकाल्ने क्रममा अहमदले ३ मिनेट ४३.३६ सेकेण्डमा दुरी पार गरेका थिए। अष्ट्रेलियाका ज्याक म्याकलोघलिनले ३ मिनेट ४३.५२ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। अमेरिकाका किइरन स्मिथले काश्य पदक जिते। उनले ३ मिनेट ४३.९४ सेकेण्डमा दुरी पार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
