अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो
सीएनएन।टोकियो ओलम्पिकको दोस्रो दिन अमेरिकाले पहिलो स्वर्ण पदक हात पारेको छ।‘४०० मिटर इन्डिभिजुअल मेड्ले’ मा चेस कालिजले अमेरिकालाई स्वर्ण पदक दिलाएका हुन्।सोही प्रतिस्पर्धामा अमेरिकाकै जे लिथरल्याण्डले रजत पदक र अष्ट्रेलियाका ब्रेन्डन स्थिमले काश्य पदक जिते। कालिजले उक्त प्रतिस्पर्धा ४ मिनेट ०९.४२ सेकेण्डमा पूरा गरे।कालिजको यो दोस्रो ओलम्पिक मेडल हो। उनले सन् २०१६ मा सोही इभेन्टमा रजत पदक जितेका थिए।
प्रतिक्रिया दिनुहोस्
