टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्