विपद्का घटनाबाट यो वर्ष ६० करोडभन्दा बढीको क्षति काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्