मैत्रीपूर्ण खेलमा युनाइटेड क्युपीआरसँग पराजित
एजेन्सी। आठ मिनेटको अन्तरमा तीन गोल खाएपछि सिजन पूर्वको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड क्युपीआरसँग ४–२ ले हारेको छ। जिसे लिङगार्डको गोलबाट युनाइटेडले तेस्रो मिनेटमा अग्रता लियो। सातौँ मिनेटमा क्युपीआरका चार्ली अस्टिनले बराबरी गरे। क्युपीआरका लेन्डन डेकेसले ५२ र ६० तथा मोसेस ओडुबाजाले ५८औं मिनेटमा गोल गरे। युनाइटेडका एन्थोनी इलाङ्गाले ७३औं मिनेटमा गोल गरे। युनाइटेडले अब ब्रेन्टफोर्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्
