टोकियो ओलम्पिकः रोड रेसमा इक्वेडरका कारापजलाई स्वर्ण
एजेन्सी। इक्वेडरका रिकार्ड कारापजले टोकियो ओलम्पिकमा साइक्लिङको रोड रेसमा स्वर्ण पदक जितेका छन्। २३४ किलोमिटरको दुरी ६ घण्टा पाँच मिनेट २६ सेकेन्डमा पार गरेका थिए। ६ घण्टा ६ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्ने बेल्जियमका ओउट भान एइर्टले रजत पदक जिते। टुर दी फ्रान्स विजेता स्लोभेनियाका पोगाकर टाडेजले कांस्य पदक जिते।
प्रतिक्रिया दिनुहोस्
