टोकियो ओलम्पिक: न्युजिल्यान्डमाथी अमेरिकाको फराकिलो जित एजेन्सी। दुई आत्मघाती गोल उपहार पाएको अमेरिकी महिला फुटबल टिमले टोकियो ओलम्पिकमा न्युजिल्यान्डलाई ६-१ ले हराएको छ। न्युजिल्यान्डका एब्बी इर्सेक र क्याथरिन बोटले आत्मघाती गोल गरे। अमेरिकाका रोज लेभेले, लिन्ड्से होरान, क्रीष्टियन प्रेस र एलेक्स मोर्गानले गोल गरे। पहिलो जितपछि अमेरिका तीन अंकका साथ समूह 'जी'को दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड अंकबिहीन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्