टोकियो ओलम्पिकः दुई ह्याट्रिक भएको खेलमा चीन र जाम्बियाले अंक बाँडे एजेन्सी। टोकियो ओलम्पिकको महिला फुटबलमा चीन र जाम्बियाले ४–४ को बराबरी खेलेको छ। चीनकी शुएङ वाङ र जाम्बियाकी बार्बा बान्डाले ह्याट्रिक गरे। बान्डाको यो दोस्रो ह्याट्रिक हो। ८६औं मिनेटमा क्विङतोङ लीले रातो कार्डको सामना गरेपछि चीन दश खेलाडीमा सीमित भएको थियो। समूह ‘एफ’मा समान एक अंक जोडेको चीन तेस्रो र जाम्बिया चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्