टोकियो ओलम्पिकः महिला फुटबलमा बेलायतले जापनलाई हरायो एजेन्सी। टोकियो ओलम्पिकको महिला फुटबलमा आज बेलायतले आयोजक जापानलाई १–० ले हराएको छ। बेलायतको जीतमा एलेन ह्वाइटले ७४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितपछि बेलायत ६ अंकका साथ समूह ‘ई’को शीर्ष स्थानमा छ। चार अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ भने जापान एक अंकका साथ तेस्रो स्थानमा छ। क्यानडाले चिलीलाई २–१ ले हराएको हो। चिली अंकबिहीन छ।
प्रतिक्रिया दिनुहोस्