युनाइटेडका प्रशिक्षक सोल्सायरको सम्झौता नवीकरण एजेन्सी। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले क्लबसँगको सम्झौता २०२४ सम्मका लागि नवीकरण गरेका छन्। नर्वेका ४८ वर्षे सोल्सायरले २०१९ मार्चमा स्थायी रूपमा युनाइटेडको प्रशिक्षण सम्हालेका थिए। जोजे माउरिन्हो बर्खास्त भएपछि सोल्सायरले तीन महिना अन्तरिम प्रशिक्षक भएर काम गरे। उनको प्रशिक्षणमा युनाइटेडले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्