भारतकी मिराबाई चानूले जितिन् रजत पदक, चीनलाई दोस्रो स्वर्ण एजेन्सी। टोकियो ओलम्पिकमा भारतकी मिराबाई चानूले रजत पदक जितेकी छन्। मिराबाईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा कुल २०२ किलो तौल उठाउँदै रजत पदक जितेकी हुन्। उक्त प्रतिस्पर्धामा चीनकी होउ जिहूईले २१० किलो तौल उठाएर ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले क्लिन एण्ड जर्कमा पनि ११६ किलो तौल उठाएर ओलम्पिक कीर्तिमान बनाइन्। इन्डोनेसियाकी कैटिका विन्डीले काश्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्