श्रीलंकाले भारतलाई तीन विकेटले हरायो एजेन्सी। अबिश्का फर्नान्डोले ७६ र भानुका राजपक्षले ६५ रन बनाएपछि श्रीलंकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई तीन विकेटले हरायो। टस जितेर ब्याटिङ गरेको भारतले ४३.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। खेल ४७ ओभरमा छोट्याइएको थियो। २२६ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो खेल सात र दोस्रो खेल तीन विकेटले जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्