टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्