सान्चो युनाइटेडको दोस्रो महंगो खेलाडी एजेन्सी। इङ्गल्यान्डका विंगर जाडोन सान्चोलाई म्यानचेस्टर युनाइटेडले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट सात करोड ३० लाख पाउन्डमा भित्राएको छ। युनाइटेडले सान्चोलाई भित्राउने सहमति १ जुलाईमा गरेको थियो। यससँगै ह्यारी म्यागुएरपछि २१ वर्षे सान्चो क्लबको दोस्रो महंगो खेलाडी बनेका छन्। युनाइटेडले म्यागुयरलाई आठ करोड पाउन्डमा भित्राएको हो। सान्चोले डर्टमण्डबाट १३७ खेलमा ५० गोल गर्नुका साथै ५७ गोलमा अवसर सिर्जना गरिदिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्