अख्तरको आरोप कपोलकल्पित र भ्रामक भएको पारसको दाबी काठमाडौं।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूमाथि इपीएल संस्थापक आमिर अख्तरले लगाएको आरोप ‘कपोलकल्पित र भ्रामक’ भएको बताएका छन्। अख्तरले पारस, कप्तान ज्ञानेन्द्र मल्ल र क्यान सदस्य छुम्बी लामा मिलेर क्रिकेटमा व्यापार गरेको र त्यसले भ्रष्टाचार हुनसक्ने आरोप लगाएका थिए। त्यसमा पारसले भन्छन्, ‘‘नियत र इमान्दारीतामाथि गरिएको प्रश्न बदनाम गर्ने प्रयत्नमात्र हो। कपोलकल्पित र भ्रामक आरोपले कत्ति पनि विचलित हुनेछैन।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्