टोकियो ओलम्पिकः आयोजक जापानको विजयी शुरुआत
एजेन्सी। ताकेफुसा कुबोको गोलमा आयोजक जापानले आज ओलम्पिक फुटबलमा विजयी शुरूआत गरेको थियो। जापानको जितमा कुबोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितपछि जापान समूह ‘ए’को दोस्रो स्थानमा छ। फ्रान्सलाई ४–१ ले हराएको मेक्सिको शीर्ष स्थानमा छ। समूह बीमा रोमानियाले होन्डुरसलाई १–० ले हरायो। चार समूहका शीर्ष दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाउनेछ।
प्रतिक्रिया दिनुहोस्
