सोनियाको पहिलो प्रतिद्वन्द्वी रूसकी इरिना
काठमाडौं। शुक्रवारबाट औपचारिक रूपमा सुरू हुने टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्। बिहीबार सार्वजनिक महिला ४८ केजी मुनिको तौल समूहको खेलतालिकाअनुसार सोनियाले पहिलो प्रतिद्वन्दी इरिना पाएकी हुन्। सोनियाले शनिबार खेल्नेछिन्। सोनिया वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन्।
प्रतिक्रिया दिनुहोस्
