टोकियो ओलम्पिकः ‘गोल्डेन स्लाम’ जित्ने लक्ष्यमा रहेको जोकोभिचले पहिलो प्रतिद्वन्द्वी डेलिन एजेन्सी।‘गोल्डेन स्लाम’ जितेर कीर्तिमान बनाउने लक्ष्यमा रहेका नोभाक जोकोभिचले बोलेभियाका ह्युगो डेलिनविरुद्धको खेलबाट टोकियो ओलम्पिकको सुरूआत गर्ने भएका छन्।विश्व नम्बर एक सर्बियाका जोकोभिचले टोकियो ओलम्पिकमा स्वर्ण पदक र युएस ओपनको उपाधि जितेमा ‘गोल्डेन स्लाम’ जित्ने पहिलो पुरुष खेलाडी बन्नेछन्। पाँच ग्राण्ड स्लाम र ओलम्पिकमा स्वर्ण पदक जितेमा ‘गोल्डेन स्लाम’ भनिन्छ। जर्मनीकी स्टेफ ग्राफले १९८८ मा ‘गोल्डेन स्लाम’ जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्