ओलम्पिक सुरु हुनु एकदिन अघि उद्घाटन समारोहका निर्देशक बर्खास्त
बीबीसी।ओलम्पिक सुरु हुनु एकदिन अघि उद्घाटन तथा समापन समारोहका क्रियटिभ निर्देशक केनटारो कोबायाशीलाई बर्खास्त गरिएको छ।निर्देशक कोबायाशीको सन् १९९० को एक भिडियो हालै सार्वजनिक भएपछि उनलाई बर्खास्त गरिएको हो। भिडियो फुटेजमा उनी होलोकास्टको मजाक उडाइरहेको देखिन्छन्। होलोकास्ट त्यो नरसंहार थियो जहाँ जर्मनीका पूर्व तानशाह एडोल्फ हिटलरको शासनकालमा करिब ६० लान यहुदिको हत्या गरिएको थियो। कोबायाशी एक कमेडियन पनि हुन्।
प्रतिक्रिया दिनुहोस्
