त्यो टोकियो ओलम्पिक, जहाँ नेपालले डेब्यू गरेको थियो
एजेन्सी। कोभिड–१९ महामारीबीच टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रुपमा सुरू हुदैछ। यसअघि १९६४ मा पनि टोकियोले ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो। त्यही ओलम्पिकमा हो, नेपालले पहिलो पटक खेलकुदको कुम्भमेलामा सहभागिता जनाएको। एसियामा पहिलोपटक आयोजना भएको ओलम्पिकमा नेपालबाट बक्सिङमा नामसिंह, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर गुरुङ, म्याराथन धावक भुपेन्द्रबहादुर केसी र गंगाबहादुर थापा गरी ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
