टोकियो ओलम्पिकमा नेपालको चुनौती काठमाडौं।टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले शनिबारबाट आफ्नो चुनौती पेस गर्नेछन्। शनिबार सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन्। एलेक्जेन्डेर शाहले मंगलबार १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। गौरिका सिंहले बुधबार १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। एथलेटिक्सकी सरस्वती चौधरीले १५ गते १०० मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्