विवादस्पद ट्विटले निलम्बनमा परेका रोबिन्सन इङ्ल्यान्ड टिममा फर्किए एजेन्सी। भारतविरुद्धको पहिलो दुई टेष्टका लागि इङ्ल्यान्डले तीव्र गतिका बलर ओली रोबिन्सनलाई टिममा फिर्ता बोलाएको छ। २७ वर्षे रोबिन्सनले गत जुनमा न्युजिल्यान्डविरुद्धको खेलमा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए। तर झण्डै एक दशकअघि यौनवाद र जातिवाद सम्बन्धमा गरेको पुरानो ट्विट विवादमा आएपछि उनलाई निलम्बन गरिएको थियो। इङ्ल्यान्डका प्रधानमन्त्री बोरिस जोनसोनले पनि रोबिन्सनको निलम्बनबारे पूर्नविचार गर्न इङ्ल्यान्ड क्रिकेट बोर्डलाई सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्