नुनोको प्रशिक्षणमा टोटेनह्यामको पहिलो जित
एजेन्सी। नयाँ प्रशिक्षक नुनो स्पिरिटो सान्टोको प्रशिक्षणमा टोटेनह्यामले पहिलो जित निकालेको छ। टोटेनह्यामले मैत्रीपूर्ण खेलमा कोलचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो। सिजनपूर्वको पहिलो खेलमा लेटन ओरियन्टसँग १–१ को बराबरी खेलेको टोटेनह्यामका लागि ह्युङ–मिन सन, लुकास माउरा र डेले अलीले गोल गरे। टोटनह्यामले अब बुधबार एमके डन्सविरुद्ध मैत्रीपूर्ण खेल्नेछ। टोटेनह्यामले म्यानचेस्टर सिटीविरुद्धको खेलबाट इङ्लिस प्रिमियर लिग थाल्नेछ।
प्रतिक्रिया दिनुहोस्
