बायर्न दोस्रो स्थानमा उक्लियो
काठमाडौं। दोस्रो हाफमा गरेको चार गोलमा बायर्न म्युनिखले हेर्था बर्लिनलाई ४–० ले हराउँदै जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ।
इभान पेरिसिचको पासमा थोमस मुलरले गरेको गोलमा भ्रमणकारी बायर्नले ६०औं मिनेटमा अग्रता लिएको थियो।
त्यसको तीन मिनेटपछि रोबर्ट लेवन्डोस्कीले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन।
७३औं मिनेटमा लेवन्डोस्कीले पेनाल्टीमा गोल गर्दे क्लबको अग्रता दोब्बर बनाए।
थियागो अल्कान्टाराले ७६औं मिनेटमा अर्को गोल गरे।
जितसँगै बायर्न दोस्रो स्थानमा उक्लिएको छ।
बायर्नको ३६ अंक छ भने शीर्ष स्थानमा रहेको आरबी लिपजिगको ४० अंक छ।
तेस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचको ३५ अंक छ।
प्रतिक्रिया दिनुहोस्