रोनाल्डोको दुई गोलमा युभेन्टसको जित
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ को पछिल्लो सात खेलमा लगातार गोल गरेको दिन युभेन्टसले पार्माविरुद्ध २-१ को विजय हासिल गरेको छ।

रोनाल्डोले पहिलो हाफ हुनु दुई मिनेटअघि गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो।

रोनाल्डोले हानेको सशक्त प्रहार माटेयो डर्मेनलाई लागेर गोल भएको थियो।

५५औं मिनेटमा आन्द्रेस कोर्नेलियसले बराबरी गोल फर्काए।

तर, त्यसको तीन मिनेट नबित्दै पाउलो डिबालाको पासमा रोनाल्डोले अर्को गोल थप्दै युभेन्टसलाई तीन अंक दिलाए।

जितसँगै युभेन्टस लिगको शीर्ष स्थानमा उक्लिएको छ।

युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई चार अंकले पछि छाडेको छ।

गएराति चाडो गरी भएको खेलमा इन्टर लेससँग १-१ को बराबरीमा रोकिएको थियो।

२००५ पछि लिगको सात खेलमा लगातार गोल गर्ने रोनाल्डो पहिलो युभेन्टसको खेलाडी बने।

२००५ मा डेबिड ट्रेजेगुएटले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्