फ्रेन्डस क्लबका पदाधिकारीहरूले लिए पद गोपनीयताको शपथ
काठमाडौं। ‘ए’ डिभिजन क्लब फ्रेन्डस क्लबका पदाधिकारीहरूले आज पद गोपनीयताको शपथ लिएका छन्। क्लबका १० जना पदाधिकारीहरूलाई आज संयोजक दीपक थापाको उपस्थितिमा क्लबका मुख्य संरक्षक नरसिंह व्यञ्जनकारले शपथ ग्रहण गराएका हुन्। क्लबको अध्यक्षमा दीपक, थापा उपाध्यक्षमा ध्रुवलाल तन्डुकार र अनिल श्रेष्ठ, सचिवमा राजेन्द्र प्रसाद बिडारी र कोषाध्यक्षमा राजु केसीलगायत अन्य ५ जनाले सदस्य पदको शपथ लिएका हुन्।
प्रतिक्रिया दिनुहोस्
