‘ए’ डिभिजन लिग फुटबल रोक्न चार क्लबको माग काठमाडौं। असोज ३ गतेदेखि हुने‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएका छन्। कोरोनाका कारण लिग आयोजना गर्न उपयुक्त नदेखिएको भन्दै चार क्लब जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, ब्रिगेट ब्वाइज र थ्री स्टारले संक्रमण दरमा कमी आएपछि मात्र लिग सञ्चालन गर्न भन्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रतिक्रिया दिनुहोस्