ईपीएलको ‘अन्तर्राष्ट्रिय सेल्स एजेन्ट’ अष्ट्रेलियाको मारोन मिडिया काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटले अष्ट्रेलियाको मारोन मिडियासँग ‘अन्तर्राष्ट्रिय सेल्स एजेन्ट’ को रुपमा सम्झौता गरेको छ। ईपीएलले मंगलबार चौथो संस्करणको प्रतियोगिताका लागि मारोन मिडियासँग अन्तर्राष्ट्रिय सेल्स एजेन्टको रुपमा सम्झौता गरिएको जनाएको हो। सम्झौतासँगै मारोनले ईपीएलको अन्तरराष्ट्रिय मिडिया अधिकार पाएको छ। प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ टियु गतेसम्म क्रिकेट मैदानमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्