टोकियो ओलम्पिकले 'शान्ति र एकता'को बलियो सन्देश दिने आईओसी अध्यक्ष बाचको दाबी
एजेन्सी।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिकले विश्व समुदायलाई 'शान्ति र एकता' को बलियो सन्देश दिने बताएका छन्।उनले कोरोना महामारीका बाबजुद ओलम्पिक आयोजना सम्भव बनाएकोमा मेडिकल टिमको प्रशंसा गरे।कोभिड-१९ कै कारण ओलम्पिक एक वर्षपछि सरेको हो।२३ जुलाईबाट सुरू हुने ओलम्पिकमा पनि दर्शकलाई प्रवेशमा रोक लगाइएको छ। तथापि स्थानीयले संक्रमण बढ्न सक्ने खतराका कारण ओलम्पिक रोक्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
