ओलम्पिक भिलेजभित्रै तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि एजेन्सी। टोकियो ओलम्पिक भिलेज भित्रै सोमबार तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। चेक गणतन्त्रका बिच भलिबल खेलाडी आन्द्रे पेरुसिचको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आएको हो। चेक गणतन्त्रको टिममा संक्रमित हुने पेरुसिच दोस्रो खेलाडी हुन्। उनको टिमले २६ जुलाईमा लाट्भियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्दैछ। ओलम्पिक भिलेजभित्र आइतबार दक्षिण अफ्रिकाका दुई फुटबल खेलाडी संक्रमित भेटिएको थियो। ओलम्पिक २३ जुलाईमा उद्घाटन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्