टोकियो ओलम्पिक खेल्ने अमेरिकी जिम्न्यास्टिक खेलाडी कोरोना संक्रमित एजेन्सी। अमेरिकी ओलम्पिक टिमको एक महिला जिम्न्यास्टिक खेलाडी कोभिड १९ संक्रमित भएकी छिन्। टोकियोको पूर्वी सहर इन्जाईमा प्रशिक्षण गरिरहेको अमेरिकी टोलीले संक्रमितसँग नजिक रहेकाको पहिचान गरी आइसोलेसनमा राखिएको बताए पनि व्यक्तिगत विवरण खुलाइएको छैन। अमेरिकाको जिम्न्यास्टिकमा अहिले २४ वर्षीया सिमोन बाइल्सको दबदबा छ भने टिममा अन्य १८ वर्षीया दुई खेलाडी सुनिसा ली र ग्रेस म्याक्कलम छन्।
प्रतिक्रिया दिनुहोस्