मेसीले इन्स्टाग्राम लाईकमा रोनाल्डोलाई पछि पारे एजेन्सी। लियोनल मेसीले आइतबार समाजिक सञ्जाल ‘इन्स्टाग्रामको लाईक’मा क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन्। मेसीले कोपा अमेरिकाको उपाधि जितेको ट्रफी समातेर राखेको फोटोले इन्स्टाग्राममा कीर्तिमान बनाएको हो। मेसीको उक्त फोटोले २ करोडभन्दा बढी लाईक पाएको छ। यसअघि रोनाल्डोले म्यारोडोनाको निधन हुँदा राखेको फोटोमा १ करोड ९८ लाख लाईक थियो। अर्जेन्टिनाले ब्राजिलाई १–० ले हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस्