एसियन कप छनोटका लागि महिला फुटबलको बन्द प्रशिक्षण सुरु काठमाडौं। एएफसी एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।२८ भदौ देखि ९ असोजसम्म नेपालमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्