मोइन अलीको अलराउन्ड प्रदर्शनप्रेरित इङ्ल्यान्ड ४५ रनले विजयी एजेन्सी। मोइन अलीको अलराउन्ड प्रदर्शनप्रेरित इङ्ल्यान्डले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानलाई ४५ रनले हराएको छ। टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाएर २०० रन बनायो। इङ्ल्यान्डका जोस बट्लरले ५९ र अलीले ३६ रन बनाए। २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ९ विकेट गुमाएर १५५ रनमात्र बनायो। साकिब मोहम्मदले तीन तथा अली र एडिल खानले दुई÷दुई विकेट लिए।
प्रतिक्रिया दिनुहोस्