भारतले श्रीलंकालाई ७ विकेटले हरायो एजेन्सी। शिखर धवनको अविजित ८६ रनप्रेरित भारतले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सात विकेटको विजय हासिल गरेको छ। कोलोम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर २६२ रन बनाएको थियो। २६३ रनको लक्ष्य भारतले ३६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। भारतका धवनबाहेक डेब्यू गरेका इशान किशनले ५९ र ओपनर पृथ्वी शाले ४३ रन बनाए।
प्रतिक्रिया दिनुहोस्