कान्काकफमा अमेरिका र हाइटीको जित, हारका बाबजुद क्यानडा क्वार्टरफाइनलमा एजेन्सी। कान्काकफ गोल्डकपमा अमेरिकाले क्यानडालाई १-० ले हराएको छ। अमेरिकाको जितमा शाक मूरेले निर्णायक गोल गरे। जितसँगै अमेरिकाले समूह 'बी'बाट विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनायो। हारका बाबजुद क्यानडा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। सोही समूहको अर्को खेलमा हाइटीले सान्त्वना जित निकाल्यो। हाइटीले मार्टिनिकलाई २-१ ले हराएको हो।
प्रतिक्रिया दिनुहोस्