साकिबको अलराउन्ड प्रदर्शनमा बंगलादेश तीन विकेटले विजयी एजेन्सी। साकिब अल हसनको अलराउन्ड प्रदर्शन प्रेरित बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट तीन विकेटले जितेको छ। हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ९ विकेट गुमाएर २४० रन बनायो। २४१ रनको लक्ष्य बंगलादेशले पाँच बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्‍यो। साकिबले अविजित ९६ रन बनाएर बलिङतर्फ दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्