सिजनअघिको मैत्रीपूर्ण खेलमा युनाइटेड विजयी
एजेन्सी। नयाँ सिजन पूर्वको पहिलो मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आज डर्बी काउन्टीलाई २–१ ले हराएको छ। युनाइटेडले टहिथ चोङको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो। युनाइटेडका फाकुन्डो पेलेस्ट्रीले ५९औं मिनेटमा अग्रता दोब्बर बनाए। डर्बीका कोलिन काजिम रिचार्ड्सले ७०औं मिनेटमा गोल गरे। युनाइटेडले अब अर्को शनिबार क्युपीआरविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। युनाइटेडले लिड्स युनाइटेडविरुद्धको खेलबाट लिग सुरु गर्नेछ।
प्रतिक्रिया दिनुहोस्
