भीम ओली लुम्बिनी प्रदेशको सदस्य सचिव नियुक्त
काठमाडौं। लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिवमा भीम ओली नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारको बुधबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले ओलीलाई सदस्य सचिवमा नियुक्त गरेको हो। ओलीले यसअघि मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन्। उनकै नेतृत्वमा लुम्बिनी प्रदेशले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
