जिम्बाब्वेद्धारा बंगलादेशलाई २४१ रनको लक्ष्य
एजेन्सी। वेस्ले माधेभेरको ५६ रन प्रेरित जिम्बाब्वेले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई २४१ रनको लक्ष्य दिएको छ। हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनायो। जिम्बाब्वेका माभेभेरबाहेक ब्रेन्डन टेलरले ४६, डियोन मेयर्सले ३४ र सिकन्दर राजाले ३० रन बनाए। बंगलादेशका शोरिफुल इस्लामले चार र शाकिब अल हसनले दुई विकेट लिए।
प्रतिक्रिया दिनुहोस्
