सोमपालले इपीएलमा चितवनको कप्तानी गर्ने काठमाडौं। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग–२०२१मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्। सोमपालले अघिल्लो संस्करणमा काठमाडौं किंग्सको कप्तानी गरेका थिए। बलिङ अलराउन्डर सोमपाल चितवन टाइगर्सको मार्की प्लेयर पनि हुन्। चितवनमा अघिल्लो संस्करण पृथु बाँस्कोटाले कप्तानी सम्हालेका थिए। इपीएल २५ सेप्टेम्बरबाट ९ अक्टोबरसम्म हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्