ओलम्पिक जाने एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी कोरोना संक्रमित काठमाडौं। टोकियो ओलम्पिक जाने तयारीमा रहेकी एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ल कोभिड–१९ संक्रमित भएकी छन्। नेपालको एथलेटिक्स टोली जुलाई २५ मा टोकियो जाने कार्यक्रम थियो। मल्लसँगै पीसिआर परीक्षण गरिएकी खेलाडी सरस्वती चौधरीको परीक्षण नतिजा भने नेगेटिभ आएको नेपाल ओलम्पिक कमिटी(एनओसी)ले जनाएको छ। मल्लको स्थानमा अब सन्तोष श्रेष्ठ टोकियो जाने एनओसीले जनाएको छ। सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्